तुलसीपुर । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दङ्गीशरण निवासी नरेश खड्काका नौ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो । दङ्गीशरण गाउँपालिका–४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको…