सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । सोमबार दिउँसो काठमाडौंबाट सिमरा हुँदै सर्लाही पुगेका थापालाई पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर.४ बाट उम्मेदवारी दिएका छन् । उनी आज पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् ।…