काठमाडौं । युगाण्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उनको मृत्यु भएको हो । ३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन् । आइतबारको आक्रमणमा उनी ७५ प्रतिशत जलेको र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । केन्यामा बस्ने रेबेटालाई…