१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो । मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको…