काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । लाजिमपाटस्थित सिआइबीको कार्यालयमा आज उनीसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । बयान लिएपछि उनीसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा…