२७ भदौ २०८३, शनिबार | September 12, 2026

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् । पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण…