बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा…