बागलुङ । पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा गर्न जानेबाहेक अन्य समयमा पर्यटकको सङ्ख्या न्यून हुने गर्थ्यो । बास बस्न होटल सुविधा नहुँदा जनैपूर्णिमामा देशैभरबाट आउनेहरूले पनि सास्ती भोग्नुपथ्र्यो । कसैले गोठमा स्याउला बिच्छाएर त कसैले रातभर जागराम बसेर कष्टपूर्ण…