काठमाडौं । सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार प्रतिपक्षी दलहरुसँग भेट गरेको विषयमा केन्द्रित रहेको…