काठमाडौं । विभिन्न संचार माध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा सम्पादकहरुले प्रधानमन्त्रीलाई पत्र लेख्दै पाँच बुँदे ध्यानाकर्षण गराएका हुन् । दोषी भए कानूनअनुसार कारवाही हुनुपर्ने जिकिर गर्दै उनीहरुले सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनेर प्रश्नसमेत उठाएका छन्। सम्माननीय…