बुटवल । रुपन्देही प्रहरीले स्थानीयबासीसँग अन्तरक्रिया गर्दै प्रहरी प्रतिको नागरिक गुनासो सुनेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ धकधईमा अन्तरक्रिया गर्दै रुपन्देही प्रहरीले नागरिक गुनासो सुनेको हो । स्थानीय सरस्वती थर्क बहादुर रायमाझी धर्मशालामा आयोजित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिकहरुको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहिताको लागी नागरिक सुनवाई तथा अन्तरक्रिया गरेको छ ।…