९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिले कारागार प्रशासनसहितको सहभागितामा गरेको अनुगमनबाट पनि यो जीर्ण भएकाले तत्काल जीर्णोद्धार थाल्नुपर्ने सुझाव दिएको छ । समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव तथा गोमा सापकोटा र समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागार अनुगमन गरेको हो…