काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले सोनाम ल्होसारका अवसरमा आज शुभकामना दिँदै विभिन्न जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको…