काठमाडौं । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुभकामना ¥याली निकालिएको थियो । काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर…