२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एमसिसीको औपचारिक कार्यान्वयनले रोकियो समाजवादी मोर्चाको धनगढी सभा

काठमाडौं । समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ । अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो । एमसिसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्न भिन्न विचार आएपछि आजको सभा स्थगित गरिएको बुझिन आएको छ ।…