काठमाडौं । संयुक्त राष्ट्रसंघका उपमहासचिव आज नेपाल आउँदैछन् । राष्ट्रसंघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन-पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन । उपमहासचिव ल्याक्रोइक्सकाे भ्रमण कार्यसुची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी, उनले…