१० माघ २०८२, शनिबार | January 24, 2026

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका श्याम ओझा निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् । आज भएको स्ववियु निर्वाचनमा ओझाले ९६२ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका छन् । विष्टले ७३१ मत ल्याएका थिए ।