४ माघ २०८२, आइतबार | January 18, 2026

माओवादी गण्डकी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । प्रदेश कमिटीको बैठकले तनहुँको क्षेत्र नं. १ को प्रदेशसभा २बाट निर्वाचित चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो । चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए ।