१० चैत्र २०८२, मंगलबार | March 24, 2026

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाउने ६ उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न थालेको छ। प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको जनाएको छ। यी उद्योगहरूले लामो समयदेखि बक्यौता रकम तिरेका छैनन्।…