सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई आज सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका–५ जाजरकोटका…