काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र, एकान्तकुनामा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका खुम बहादुर बिकलाई आर्थिक सहयोग गरेका छन् । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई २ लाख रूपैयाको चेक हस्तान्तरण गरेका हुन्। जनमुक्ति सेनामा समेत सक्रिय रहेका खुम बहादुरले…