भादगाउँ । मध्यपुरथिमि नगरपालिका-८ र ९ बोदेको ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिकविधि विधानयुक्त मल्लकालीन निलबाराही द्यो प्याखँ अर्थात् निलबाराही गणनाच आज रातिदेखि सुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार रात, चारदिन प्रदर्शन गरिने यो प्याखँ बोदेको नारायणथान लाछीबाट सुरु हुन्छ । बोदे द्यो प्याखँलेसमेत परिचित यो…