म्याग्दी । म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका-६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । बेनीबाट बेनी-६ अर्थुङ्गे-बाँसबोट-एकपाटे-अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । “बेनीबाट…