काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ । निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन । आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी…