काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्ध खोपको प्रभावकारिताका सन्दर्भमा अस्पतालहरुसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो । ‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए/नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा.तारानाथ पोखरेलले भने, ‘त्यसपछि विस्तृत…