७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोनामा मौका छोप्दै कालो ढुसी



काठमाडौं । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ । फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस)बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ ।

यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए । कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्‍याउने चिकित्सक बताउँछन् । मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ । जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ। काठमाडौंमा तीनवटा अस्पतालमा केही संक्रमितको उपचार भइरहेको छ ।

भारतमा ब्ल्याक, ह्वाइट र येलो फंगसका संक्रमित बढ्दै गएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । जसमध्ये ब्ल्याक फंगस भनिने कालो ढुसीको संक्रमण सीमापारि उत्तर प्रदेश र सीमावर्ती बाँके, पर्सालगायत जिल्लामा बढ्दो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार फंगसहरू अवसरवादी हुन्छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ७ : ४१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा