हेटौंडा । बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ । हेटौंडा उपमहानगरपालिका-२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा-११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो । नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए । त्यसमाथि कोरोना भाइरस ९कोभिड १९० को बढ्दो संक्रमणबीच…