१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा



काठमाडौं । बाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार मसान्तभित्र त्यस्ता क्षेत्रमा न्यूनतम ११ प्रतिशतको अनुपातमा रू १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्न निर्देशन दिएको थियो । तर, त्यस्ता क्षेत्रमा १० दशमलव १ प्रतिशतको अनुपातमा मात्र कर्जा प्रवाह भएको छ । यो भनेको साना तथा मझौला उद्याममा शून्य दशमलव ९ प्रतिशत विन्दुले कर्जा प्रवाह अपुग हो ।

रकमको आधारमा उक्त क्षेत्रमा रू ३ खर्ब २७ अर्ब ८० करोड प्रवाह भएको छ । गत आवको असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले करीब ३७ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असारसम्म १२ प्रतिशत, २०८० असारसम्म १४ प्रतिशत र २०८१ असारसम्म १५ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा प्रतिऋणी रू १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । वाणिज्य बैंकको हकमा गरिएको यो व्यवस्थालाई चालू आवको मौद्रिक नीतिमा पनि निरन्तरता दिइएको छ । तर, कार्यान्वयनको पहिलो वर्षमा तोकिएको दरमा कर्जा प्रवाह हुन सकेको देखिँदैन ।

राष्ट्र बैंकले यस विषयलाई लिएर बैंकहरूलाई कुनै कारबाही भने नगर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले यसपटकलाई यस विषयमा बैंकहरूलाई छूट दिइएको बताए । अब चालू आवको मसान्तसम्म एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

चालू आवको मसान्तभित्र वाणिज्य बैंकहरूले १२ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । ‘कोरोना महामारीका कारण पहिलो वर्ष त्यस्ता क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह हुन सकेन । त्यसैले यसपटकलाई यस विषयमा छूट दिइएको छ,’ उनले भने, ‘तर, चालू आवमा भने बैंकहरूले एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्नेछ ।’

बैंकहरूले भने लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा त्यस अनुपातमा कर्जा प्रवाह हुनुलाई उपलब्धिका रूपमा लिएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले त्यस्ता क्षेत्रमा १० दशमलव १ प्रतिशतको अनुपातमा कर्जा प्रवाह हुनु उपलब्धिमूलक भएको बताए । ‘राष्ट्र बैंकले दिएको लक्ष्य नै बढी थियो ।

त्यसैले तोकिएको मात्रामा कर्जा प्रवाह हुन असम्भव थियो,’ उनले भने, ‘हामीले त यतिका मात्रामा कर्जा प्रवाह हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं । गत असोजसम्म त्यस्ता क्षेत्रमा ६ प्रतिशतको अनुपातममा मात्र कर्जा प्रवाह भएको थियो । असारसम्म आउँदा त्यो ५ प्रतिशत विन्दुले बढेर ११ प्रतिशत पुग्नु सामान्य होइन ।’

यस्तो कर्जामा दिइने लक्ष्य वार्षिक रूपमा बढीमा १ प्रतिशत विन्दु मात्र हुनुपर्ने उनको भनाइ छ । तर, गत आवमा एकैचोटि बढी लक्ष्य दिँदा कार्यान्वयनमा समस्या भएको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ७ : ०७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका