काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेटको क्षतिमा ११२ रन बनाएको हो । अफगानिस्तानका करिम जनातले १० बलमा चार छक्कासहित ३५ रनको तेज इन्निङ खेले भने गुलबदिन नायब र सिदिकुल्लाह पचले समान २२-२२ रन योगदान…