सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका-११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको सर्पदंशबाट मृत्यु भएको छ । गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो । तर, केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँदै गर्दा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी…