तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ । “हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भने, “त्यसैले हामीले…