१७ पुस २०८२, बिहिबार | January 1, 2026

रूसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी

काठमाडौं । रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्प समुद्रको १९.३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क-कामचट्स्कीबाट करिब १२५ किलोमिटर दक्षिण-पूर्वमा केन्द्रित रहेको छ । यो भूकम्प सन् २०११ को जापानको ९.० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ । भूकम्पका कारण रूस, जापान, हवाई, अलास्का,…