सिरहा । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१८ बस्ने ३९ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ । मण्डललाई सशस्त्र प्रहरीको टोलीले सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ ५ बजे पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रमुख प्रहरी…