देवदह । वृक्षरोपण गर्नु भन्दा पनि रोपिएका बोटविरुवाको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादु खत्रीले बताएका छन । उनले विरुवा रोप्ने तर विरुवाको संरक्षण नगर्ने परिपार्टीलाई हटाउदै विरुवाको संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । देवदह जेसीजको आयोजनामा स्मृति सामुदायिक वनमा अवस्थित देवदह स्मृति वनवाटिकामा स्थापना गरिएको बाबा बगैचाको उदघाटन कार्यक्रममा बोल्दै…