काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गरी १०३ वर्षे सेवाको इतिहास जोगाउन आग्रह गरेका छन् । टेलिकमद्वारा आयोजित आफ्नो स्वागत समारोहमा मन्त्री गुरुङले मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीको गरिमालाई कायम राख्दै गुणस्तरीय सेवा प्रवाहमा नचुक्न सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन् । “दूरसञ्चार सेवालाई भरपर्दो बनाउनुपर्ने प्रमुख…