गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् । नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै पाण्डेले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए । “पौराणिक,…