पोखरा । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरू बहुमत सदस्यसहित उपस्थित भएका हुन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी…