३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेशसभामा जवाफ दिए, मत विभाजनको प्रक्रिया सुरु



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् । सुरुदेखि नै आफू संघीयताको पक्षमा जुधेर लागेको बताएका छन् ।

अरु प्रदेश भन्दा अब्बल रुपमा कार्यसम्पादन गरेको दाबी गर्दै उनले संघ सरकारले समेत गण्डकीका कार्यक्रमको अनुसरण गरेको बताए ।

शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राजनीतिक संटक निम्तिएको बताउँदै उनले भने-‘सबै पार्टीमा शीर्ष नेता जिम्मेवार रुपमा प्रस्तुत नहुँदा समस्या भएको हैन रु समस्या शीर्ष नेतृत्वमा छ । शीर्ष नेतृत्वमा जिम्मेवार रुपमा प्रस्तुत हुन सकेनन् ।’

राजनीतिक संकटका कारण लोकतन्त्र नै संकटमा परेको उनको भनाई छ । मुख्यमन्त्री भने-‘पछिल्लो समय राजनीतिक दल जसरी खण्डित अवस्थामा छन् यो राम्रो होइन । यसले लोकतन्त्र संकटमा पर्दै गएको छ ।’ मुख्यमन्त्री गुरुङले लोकतन्त्रको रक्षाका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बेला भएको बताएका छन् ।

छलफल समाप्तिसँगै अब मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग २७ मत छन् । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले उनको साथ छोड्ने बताएका छन् । बहुमतका लागि ३१ मत चाहिन्छ । कतैबाट फ्लोर क्रस नभएमा मुख्यमन्त्रीको पद नजोगिनी निश्चित छ ।

वैशाख २६ मा राजीनामा दिएमा मुख्यमन्त्री गुरुङ २९ गते पुन नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले संसदको फेस गरेका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ३० बजे

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत