दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । मुस्लिम आयोगले आज लमहीमा आयोजना गरेको ‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम’ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले समुदायको सशक्तीकरण र जागरणका लागि समुदायले चलाउने अभियानलाई प्रदेश सरकारले साथ दिने बताएका हुन्…