हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई पदबाट राजीनामा दिन एमाले बागमती प्रदेश संसदीय दलले निर्देशन दिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै प्रदेशमा पनि नयाँ सत्ता समीकरणको तयारीस्वरूप एमाले सरकारबाट बाहिरिन लागेको हो। हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन…