काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक सातामा लागुऔषध, सीमा सुरक्षाका विषयमा तीन सय ६१ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी दिवसका सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत आजसम्म देशभरका सीमा क्षेत्रमा उक्त कार्यक्रम गरिएको हो । ‘नशारहित युवा-हाम्रो देशका कर्णधार, सीमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ मुख्य नारासहित उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता,…