नेपालगन्ज । कोहलपुर नगरपालिका–२ को मुक्तिपुरमा रैथाने बीउको संरक्षण र उपयोग सुरु भएको छ । राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैङ्क) खुमलटार ललितपुरले आजदेखि रैथाने कृषि परियोजना शुभारम्भ गरेसँगै यसको संरक्षण र उपयोग गर्न सुरु गरिएको हो । रैथाने बालीका रूपमा कोदोका सबै प्रजाति, मसुरो, भट्टमास, लट्टे, फापर, जौँका प्रजाति, कागुनो, आलुलगायत बालीको…