२० मंसिर २०८२, शनिबार | December 7, 2025

सिएमसी चितवनमा लुम्बिनीका बिरामीलाई सुविधा

बुटवल । लुम्बिनी प्रदेशका अर्बुद (क्यान्सर) रोगका बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा रु दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यससम्बन्धी सम्झौता भएको छ । सम्झौतामा निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरी र अस्पतालको तर्फबाट वरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गरेका…