खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रगतको अभाव भएपछि बिरामीहरुले सास्ती खेप्न बाध्य बनेका छन् । अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा नियमित रक्तदान नहुँदा अस्पतालमा रगतको अभाव भएको हो । अस्पतालको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि बिरामीका लागि नेपालगन्ज र कोहलपुरबाट रगत ल्याउनुपर्ने बाध्यता रहेको बिरामीका कुरुवाहरुले जनाएका छन् । अस्पतालमा…