नेपालगन्ज । बाँकेलगायत पश्चिमी मधेशमा बिहीवार ‘भुर्की पुजन’ गरेर तिहर पर्व मनाएको छ । मधेशी समुदायमा कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने परम्परा रहेको छ । भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गरेर ‘भुर्की पुजन’ गर्दै दिदीबहिनीले दाजुभाइलाई च्युरा भुर्की खुवाएर टीका लगाईदिन चलन छ ।…