काठमाडौं । नेपाल सत्कार दिवस 'नेपाल हस्पिटालिटी डे–२०२५’ को दोस्रो संकरण आगामी माघ २ गते हुने भएको छ । होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको सङ्घले जनाएको छ । होटल क्षेत्रका सम्भावना, चुनौती तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।…