१४ भदौ २०८३, आइतबार | August 30, 2026

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो



झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ ।

अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार नौ सय ७६ जनाले बढोत्तरी भएको छ ।

कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् । सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्याङ्की नाका पर्यटकका लागि खुला गरेको थियो । पानीट्याङ्की नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठ बताउँछन ।

“कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो,” उनी भन्छन, “उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दिएको हो । त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानै लयमा फर्किएको हो ।”

पूर्वीनाकाबाट केही वर्षअघि सम्म नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या बढी थियो । सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार नौ सय १६ भूटानी पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालयका सूचना अधिकारी राजवंशीले बताए । उनका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भूटानीहरुको सङ्ख्या दुई हजार नौ सय ३१ मात्र थियो । नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको छ । शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भूटानीहरु बढी सङ्ख्यामा नेपाल आउने गरेका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : ०६ बजे

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण