१ मंसिर २०८२, सोमबार | November 18, 2025

सुदीप गौतम – मर्दी हिमाललाई विश्वमाझ चिनाए, ३५ वर्षकै उमेरमा मर्दीमै बिलाए

गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गरे त्योबेला उनलाई अधिकांशले उपहासको पात्र बनाए । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ…