काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न पनि नेपाली टिमलाई आज जित्नै पर्ने दबाब छ…