काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।…