काठमाडौं । तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ । पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमापठाउने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।…